मन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै उजुरी

होमल्याण्ड खबर

२०७९ कार्तिक ४ गते, शुक्रबार १६:३८ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उनलाई कारबाही माग गर्दै उजुरी परेको हो ।

व्यापारीबाट प्रभावित भई मन्त्री श्रेष्ठले मदिरा आयात निर्वाचनअघि खुलाउन खोजेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

‘मदिरा आयात खोल्न दबाब दिने उम्मेदवार एवम् मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ, मंसिरसम्म लम्ब्याइएको आयात प्रतिबन्ध कायमै राखिनु पर्छ,’ मञ्चले भनेको छ ।