राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन हुन आवेदन माग

होमल्याण्ड खबर

२०७९ कार्तिक ६ गते, आईतवार १५:४७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता छनौट गर्ने भएको छ । पार्टीले विधानको धारा ७२ (१) बमोजिम प्रतिनिधिसभा संसदीय दलको नेता छनौट गर्ने भएको हो ।

पार्टीले आज एक सूचना जारी गर्दै आगामी निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ छनौट भएका उम्मेदवारमध्ये संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारले पार्टी केन्द्रीय कार्यालयमा लिखित आवेदन आग्रह गरेको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ७२ (१) बमोजिम प्रतिनिधिसभा संसदीय दलको नेता छनौट गर्न हुने प्रारम्भिक निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फ छनौट हुन भएका उम्मेदवारहरुमध्ये संसदीय दलको नेताको उम्मेदवारी दिन इच्छुक उम्मेदवारले पार्टीको केन्द्रीय कार्यालयमा लिखित आवेदन पेश सम्बन्धित सबैमा सचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।