३ चैत्र २०८२, मंगलवार
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ ।
आचारसंहिता उल्लंघनमा धमाधम स्पष्टीरकण सोधिरहेको आयोगले अब व्यक्तिको विवरण सार्वजनिक रुपमा बाहिर ल्याउने नीति लिएको हो ।


४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले १२ असोजदेखि निर्वाचन आचारसंहित २०७९ लागु गरेको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका बेला आयोगले उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईले आचारसंहिता बमोजिम अनुगमन गर्दा वा गराउँदा कसैले उल्लंघन गरेको पाइएमा आयोगले उल्लंघनकर्ताको नाम नामेशीसहितको विवरण सार्वजनिक गर्ने बताए ।