३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्। मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकि रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै नेतृत्व गर्ने नेता सिंहको भनाइ छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सिंहले काठमाडौंको बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाटको क्रममा उक्त कुरा बताएका हुन्।


जनताले चाहेजस्तो परिवर्तन भए पनि बढ्दो राजनीति अस्थिरताका कारण आम नेपालीको जीवनस्तरमा चाहेअनुरुप परिवर्तन आउन नसकेको सिंहको भनाइ छ। अबको निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरता साथ सोच्न सिंहले मतदातालाई आग्रह गरे।