४ चैत्र २०८२, बुधबार
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
एमालेले ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्दता जनाएको छ । चुनावी घोषणापत्रमार्फत एमालेले ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।


आर्थिक बृद्धिका आधारमा सबै प्रकारका भत्ता बृद्धि गर्ने जनाएको छ भने न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने जनाएको छ । एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ ।