खपाङ्गीको जेल सजाय कटाइरहेको अवस्थामै मृत्यु

होमल्याण्ड खबर

२०७९ कार्तिक १६ गते, बुधबार १३:५३ मा प्रकाशित

जबर्जस्ती करणी मुद्दामा जेल सजाय कटाइरहेका एक कैदीको विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई ४ का ५४ वर्षीय मानबहादुर खपाङ्गी रहेका छन् । विराटनगर स्थित मोरङ जिल्ला कारागारमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । पेट र पायल्सका रोगी उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

जिल्ला अदालत तेह्रथुमले उनलाई २०७४ माघ ९ गते जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो । तेह्रथुमबाट २०७६ मङसिर २४ गते स्थानान्तरण गरेर उनलाई मोरङ ल्याइएको थियो । उनलाई गत कार्तिक १२ गते बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको हो ।