८ मंसिर २०८१, शनिबार
ग्लोबल आइएमई बैंकल थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०२ पुगेको छ ।
बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा आफ्नो १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
उक्त दुवै शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्धिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ ।
चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय नारायण प्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहनेछन् ।