४ चैत्र २०८२, बुधबार
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका बेला बाजा बजाएको भन्दै सोधेको स्पष्टीकरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ चित्तबुझ्दो नभएको जनाएको छ ।
असोज २३ गते प्रचण्ड गोरखा–२ मा पुग्दा बाजागाजा बजाएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै बाजा बजाउनेको खोजी गर्न आयोगले भनेको छ । प्रचण्डले स्पष्टीकरण दिँदा कसले बाजा बजायो थाहै नभएको जवाफ दिएका थिए ।


तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए रु प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।