४ चैत्र २०८२, बुधबार
आसन्न निर्वाचनका लागी आफनो चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला डडेल्धुरा आउन लागेका नेपाली काग्रेसका केन्द्रिय सभापति तथा प्रधानमन्त्रि शेरबहादुर देउवाको पहिलो चुनावीसभा आज डडेल्धुराको बागबजारमा हुँदैछ । यसैको पुर्व सन्ध्यामा डडेल्धुरा कांग्रेसका दुई पूर्व जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विपि र स्तन्त्र उम्मेदवारहरुलाई लाई सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस डडेल्धुराका दुई पुर्व सभापति रामचन्द्र चटौत र शेरबहादुर ढाँटले निस्वार्थ रुपमा प्रतिनिधिसभा सदश्यका लागी लागी नेपाली कांग्रेस विपिको तर्फ बाट उम्मेदवार कर्ण बहादुर मल्ल र प्रदेश २ मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशी लाई सहयोग गर्ने घोषणा गरेका छन् ।


आज बिहान नेपाली कांग्रेस विपिका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कर्ण बहादुर मल्ल एबं प्रदेश सभा २ का लागी स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको संयुक्त सचिवालय द्धारा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई जना पुर्व काग्रेस सभापतिहरुले यो सहयोग चुनाव हार्न र जित्नका लागी नभई परिवर्तनका लागी भएको भन्दै आफनो ल्याकतले भ्याए सम्म दुईजना उम्मेदवार लाई सहयोग गर्ने र सबै लाई दुई उम्मेदवारको पक्षमा मतदानको लागी पत्रकार सम्मेलन मार्फत आह्वान गरेको बताए ।
पत्रकार सम्मेलनमा दुई जना पूर्व सभापतिले प्रेश विज्ञप्ती वाचन गर्दै डडेल्धुरा कांग्रेसमा देउवाको नाममा देउवाका आसेपासेहरुले गरेको अराजकताका विरुद्ध एक हुन अनुरोध समेत गरे ।