४ चैत्र २०८२, बुधबार
निर्वाचन आयोगले चुनावी प्रचारप्रसार गर्दा आचारसंहिता पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरूपमा आचारसंहिता पालना गर्न सबैलाई सचेत गराएको हो । समितिका संयोजक समेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था अनुरूप आचारसंहिता पालना गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारसँग अपिल गरेका हुन् ।


आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजे शुरु हुने र मतदान शुरु हुनपूर्वको ४८ घण्टा उम्मेदवार र राजनीतिक दलले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे ।