४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चौथो पटक चुनाव जित्ने दाउसहित चुनावी मैदानमा छन् । यसअघि नेता सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका छन् ।
उनी मंसिर ४ गते हुने निर्वाचनमा पनि चुनाव जित्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएका छन् । मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने उनको भनाइ छ ।


बिहीबार बिहान काठमाडौंको बुद्धनगरमा घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै नेता सिंहले भने, ‘यहाँका मतदाताले मलाई मनपराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न भएन नि ।’
गणेशमान सिंहको १०८औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि उनले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । सो क्रममा आफूले काठमाडौं–१ का मतदाताको माया पाइरहेको समेत बताए ।
काठमाडौं–१ मा आफूले विकास गरेको दाबी गर्दै व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको र ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको बताए ।
उनले भने, ‘घरदैलो गर्दा धेरै जनताले पानीको समस्या भयो भन्नुभएको छ, मैले त्यसैलाई आगामी कार्यभार ठानेर काम गर्नेछु ।’ उनले युवा र अनुभवीको टिमसहित चुनावमा होमिएको बताए ।
उनले यस पटक पनि चुनाव जित्ने तर्क गर्दै भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो । पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’ हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’