४ चैत्र २०८२, बुधबार
नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराईले कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट मागेका छन् । शुक्रबार बिहान काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सिंहसँगै घरदैलो कार्यक्रममा निस्किएका डा भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरे ।
उनले सिंहको पक्षमा मत माग्दै भने, ‘काठमाडौं क्षेत्र–१ का लागि सिंह योग्य र स्वच्छ छविको व्यक्ति हुन् । हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ । त्यसैले उहाँलाई भोट दिएर जिताउन आग्रह गर्छु ।’


त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।