चिनियाँ उपमन्त्री नेपाल आउँदै

होमल्याण्ड खबर

२०७९ कार्तिक २५ गते, शुक्रबार ११:५३ मा प्रकाशित

नेपाल भ्रमणमा चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ संस्कृति तथा पर्यटन मन्त्री जिवनराम श्रेष्ठले भने, ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन भैसकेको छैन ।’

परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको पराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले जानकारी द्रिए ।

निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ । चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।