काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार लिम्बूको समर्थन सिंहलाई

होमल्याण्ड खबर

२०७९ कार्तिक २५ गते, शुक्रबार १३:१३ मा प्रकाशित

काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दुर्गा लिम्बूले उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् ।

क्षेत्र नम्बर १ मा आज एक कार्यक्रममार्फत उनले सिंहलाई समर्थन गरेको घोषणा गरे। कार्यक्रममा बोल्दै लिम्बूले राजनीतिक स्थिरता र संविधान कार्यान्वयनको नेतृत्व यस क्षेत्रबाट सिंहले मात्रै गर्न सक्ने बताए ।

सिंहले लिम्बूलाई धन्यवाद दिँदै काठमाडौं १ को विकासमा सँगसँगै रहने बताए ।