मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन गठबन्धनले चुनाव जित्छः प्रवक्ता महत

होमल्याण्ड खबर

२०७९ कार्तिक २८ गते, सोमबार १६:१६ मा प्रकाशित

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरेका छन् ।

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्‍याए ।

उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ, र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’