काठमाडौंका नदी किनारका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुम्वासी आन्दोलित

होमल्याण्ड खबर

२०७९ कार्तिक २९ गते, मंगलवार १३:५८ मा प्रकाशित

बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुम्वासीहरू विरोधमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुम्वासीहरू मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरेका हुन्।

समितिले गत शुक्रबार एक सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर९टहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिनको अल्टिमेटम दिएको थियो।

तोकिएको समयमा घर(टहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिले चेतावनीसमेत दिएको थियो।