बुधबार शेयरबजार परिसूूचक १३.४० अंकले बढ्यो

होमल्याण्ड खबर

२०७९ कार्तिक ३० गते, बुधबार १६:१४ मा प्रकाशित

बुधबार शेयरबजार मापक परिसूूचक नेप्से १३.४० अंकले बढेर १९११.२६ बिन्दुमा उक्लिएको छ । बजार बढे पनि आज कारोबार रकम भने ८५ करोडमै सीमित रह्यो ।

बुधबार कारोबारमा आएका २३२ वटा कम्पनीको १७ हजार ७०२ पटकको कारोबारमा ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँबराबरको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर कारोबार भएको छ ।

बजार बढेसँगै बुधबार १४१ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ३८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यस्तै, आज सर्वाधिक कमाउनेमा सिक्लेस हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३५३ रुपैयाँ कायम भयो ।

साथै, सर्वाधिक गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता १६०० रुपैयाँमा झरेको छ ।

आज सर्वाधिक कारोबार भने रिडी पावर कम्पनीको भयो । उक्त कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँबराबरको शेयर किनबेच हुँदा शेयरमूल्य प्रतिकित्ता ४८२ रुपैयाँ कायम भएको छ ।