४ चैत्र २०८२, बुधबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान सात बजे मतदान गरेका हुन्।
प्रचण्डले पहिलो मतदान गरेका हुन्। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट चितवन पुगेका थिए।


२०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।