मतदानपछि प्रचण्डले भने- गठबन्धनले आरामसँग बहुमत ल्याउँछ

होमल्याण्ड खबर

२०७९ मंसिर ४ गते, आईतवार ०८:३३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । गोरखा-२ बाट उठेका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रबाट भोट हालेका हुन् । उन हिजै चितवन पुगेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै प्रचण्डले यो निर्वाचन ऐतिहासिक महत्वको ठानेको बताए ।

‘संविधानमाथि नै घात हुने हो कि भन्ने स्थिति देखा परेको सन्दर्भमा स्थानीय चुनावको बेला भनेको थिएँ कुन पार्टीले कति मत ल्याए भन्दा पनि लोकतन्त्रमा आवधिक निर्वाचन सम्पन्न हुनु भनेको ठीक ढंगले सिष्टमले काम गर्दैछ भन्ने प्रमाण हो । योपटक पनि स्वच्छ धाँधलीरहित र निष्पक्षरूपमा चुनाव सम्पन्न हुनु ठूलो कुरा हो ।’

चितवन आएर भोट हाल्दै गर्दा गर्दा गर्व महसुस भएको प्रचण्डले बताए ।