४ चैत्र २०८२, बुधबार
प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिए ।
भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ गरिने जानकारी दिए ।हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने बताए ।

