२८ बैशाख २०८३, सोमबार
तनहुँको घिरिङ गाउँपालिका–१ मा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान सुरू हुन सकेको छैन ।
हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी)युवराज खड्काले बताए ।


एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।उनका अनुसार झडपका कारण घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन सकेको छैन ।