रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

होमल्याण्ड खबर

२०७९ मंसिर ४ गते, आईतवार १०:०४ मा प्रकाशित

रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।