निर्मलाका बाबु आमाले घटना भएको ५२ दिनपछि प्रधानमन्त्रीलाई भेटे

होमल्याण्ड खबर

२०७५ आश्विन १ गते, सोमबार ११:३७ मा प्रकाशित

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा आमाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीले घटनाको ५२ दिनपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

बालुवाटारमा भएको भेटमा निर्मलाका बुबा आमाले राज्यले आफुहरुलाई न्याय दिन नसकेको गुनासो गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको भन्दै छिट्टै अपराधी कानुनी कारबाहीमा आउने आश्वासन दिए । ओलीले प्रतिवद्धता समेत जनाउन कञ्जुस्याँई गरे ।

छोरीको हत्यारा पहिचान गरि आफुहरुलाई न्याय दिलाउन भन्दै र्निमलाका बुबा यज्ञराज र आमा दुर्गादेवी ६ दिनअघि काठमाडौं आएका हुन । उनीहरुले यसअघि गृहमन्त्री रामवहादुर थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लगायतसँग यसअघि नै भेट गरिसकेका छन् । सरकारले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाउदै आएको छ ।