मुस्ताङमा कांग्रेसको अग्रता कायमै, यस्तो छ ताजा अवस्था

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार ०९:३६ मा प्रकाशित

२०७४ सालमा नेकपा एमालेले चुनाव जितेको मुस्ताङमा यसपटक नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ ।

सोमवार बिहानसम्म जारी मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले २ हजार ३५ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले १ हजार ६५७ मत पाएका छन् । गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् ।

तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।