मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गाैचन निर्वाचित

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १२:०४ मा प्रकाशित

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मतसहित जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।

कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए।