चितवन २ मा मतगणना जारी, एमालेको अग्रता कायमै, रवि तेस्रो स्थानमा

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १६:२४ मा प्रकाशित

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन २ मा तेस्रो स्थानमा छ। नेकपा एमालेले अग्रता कायम राखेको छ।

६ सय मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ३६४ मत पाएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले पाएको मत २३६ रहेको छ।

तेस्रो स्थानमा रहेका रास्वपा अध्यक्ष रविले ४३ मत पाएका छन्।