२२ बैशाख २०८३, मंगलवार
काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
जम्मा अठार हजार ७९७ मत गणना हुँदा उनले १ हजार ८ सय १६ मत अन्तरले अग्रता लिएका हुन्।


नेता पौडेलले ६ हजार १८१ मत ल्याएका छन् भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ४ हजार ३६५ प्राप्त गरेका छन्।
यस क्षेत्रमा जम्मा ७० हजार ९१९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ९९७ मत खसेको थियो । काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।