काठमाडौं- ४ मा गगन थापा ७ हजार ४ सय ५६ मतान्तरले विजयी

होमल्याण्ड खबर

२०७९ मंसिर ६ गते, मंगलवार ११:४३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फराकिलो मतान्तरले जितेका छन्। नेकपा एमालेका राजन भट्टराईलाई उनले  ७ हजार ४ सय ५६ मतान्तरले जितेका हुन् छन्। प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय  ३७ मत पाएका छन्।

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए। नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन्। गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो। जुन एमालेको पकड क्षेत्र मानिन्छ। उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो।