मोरङ–६ मा शेखर कोइरालाले बनाए २ हजार बढीको मतान्तर

होमल्याण्ड खबर

२०७९ मंसिर ७ गते, बुधबार १४:३२ मा प्रकाशित

मोरङ–६ मा कांग्रेसका शेखर कोइरालाले अग्रता बढाएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी एमालेका लालबाबु पण्डित भन्दा २ हजार १ सय ६३ बढी मत ल्याएका छन् ।

हालसम्मको मत गणनामा कोइरालाले ११ हजार १ सय १३  मत ल्याएका छन् भने पण्डितले ८ हजार ९ सय ५० मत मात्रै ल्याएका छन् ।   अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट पण्डित निर्वाचित भएका थिए ।