चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल निर्वाचित

होमल्याण्ड खबर

२०७९ मंसिर ८ गते, बिहीबार १६:१३ मा प्रकाशित

चितवन क्षेत्र नंं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

हालै सम्पन्न गतगणना अनुसार ढकाल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केहिवेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ । ढकालले नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेल र एमाले नेता सुरेन्द्र पाण्डेलाई हराएका हुन् ।

चितवन क्षेत्र नं. २ बाट पनि हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।