हुम्लामा खसेको भन्दा बढि मतपत्र भेटियो, मतगणना स्थगित

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार १०:२४ मा प्रकाशित

हुम्लामा एउटा मतदान केन्द्रको मतपेटिकामा प्रतिनिधि सभा सदस्यको मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको छ । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो ।

१२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।