निर्वाचित भएपछि विश्वप्रकाशले गरे मतदाता सम्मान र्‍याली

होमल्याण्ड खबर

२०७९ मंसिर ९ गते, शुक्रबार १४:०३ मा प्रकाशित

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट निर्वाचित भएपछि  मतदाता सम्मान र्‍याली आयोजना गरेका छन्। ‘जीतको पहिलो अविर जनतालाई’ नाम दिएर शर्माले र्‍याली आयोजना गरेका हुन्।

सो क्रममा अपांगता भएका नागरिक, संघर्षका योद्धा , खेलाडी, ज्येष्ठ नागरिक र ‘फस्ट टाइम भोटर’को सम्मान गरिएको थियो। शर्माले दृस्टिविहिन दिलकुमारी राई तथा जनआन्दोलनका ज्यूँदा सहिद गोपाल श्रेष्ठ र उनको आमालाई घरमै पुगेर अबीर, खादा  र माला लगाइदिएका थिए।

त्यसैगरी, शर्माले महिला राष्ट्रिय क्रिकेट टीमकी क्याप्टेन रुबिना क्षेत्री, चिया बगानका मजदुर, ज्येष्ठ नागरिक र फस्ट टाइम भोटरलाई समेत धन्यवाद दिँदै सम्मान गरेका छन्।