४ चैत्र २०८२, बुधबार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ततकाल सत्ता गठबन्धन दलको बैठक बस्नु आवश्यक रहेको बताएका छन् । गठबन्धन गरेर चुनावमा गएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्टिय जनमोर्चाको बैठक बसेर चुनावी समिक्षा गरिने प्रचण्डले बताए ।
आफु निर्वाचित गोरखा क्षेत्र नम्बर २ मा प्रमाणपत्र वुझन र मतदातालाई धन्यवाद दिन गोरखा पुगेका प्रचण्डले गठबन्धनको जरुरी बैठक बस्नुपर्ने बताएका हुन् । उनले भने, – गठबन्धनको बैठक तुरुन्तै बैठक बस्नु पर्नेछ । जस्तो अपेक्षा गरिएको थियो, त्यस्तो परिणाम आएन । कहाँ अपेक्षा गरेकै हरु पनि आएनन, कँहा के के भयो ? सवै समिक्षा आवश्यक छ । म आजै काठमाडौं जादैछु, गठबन्धनको जरुरी बैठक बस्नुपर्ने छ, गृहकार्य गर्नुपर्ने छ । केही दिनपछि फेरि फर्केर आएपछि जनतालाई धन्यावाद दिन लाग्नेछु ।


उनले गोरखामा सम्पूर्ण रुपमा गठबन्धनको परिणाम आएको र सफल भएपनि अन्यत्र कतिपय स्थानमा परिणाम अपेक्षा अनुसार नआएको प्रचण्डको भनाई थियो ।