माओवादीका ८ महिलामध्ये दाङकी रेखा शर्मा विजयी भएर राखिन रेकर्ड

होमल्याण्ड खबर

२०७९ मंसिर ११ गते, आईतवार १२:४४ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो ।

जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् ।

शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् ।