सुनसरी–४ मा सर्वदलीय बैठक निष्कर्षविहीन

होमल्याण्ड खबर

२०७९ मंसिर ११ गते, आईतवार १४:२७ मा प्रकाशित

सुनसरी–४को स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् ।

ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै बैठक रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले माग गरेका थिए ।

मन्त्री कार्कीले बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए ।