माछापोखरीको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसमा एक पुरुष मृत फेला

होमल्याण्ड खबर

२०७९ मंसिर १२ गते, सोमबार १३:५४ मा प्रकाशित

एक पुरुष काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेका हुन् ।

मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।