सेयर बजार घट्यो

होमल्याण्ड खबर

२०७९ मंसिर १२ गते, सोमबार १६:०२ मा प्रकाशित

कारोबार हुने साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६५ अंकले घटेर ३८२.६१ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल १९४ कम्पनीको सेयर कारोबार हुँदा ३६ कम्पनी वृद्धि भएको छ । १५१ कम्पनीकाे सेयर ओरालो लागेको र सात कम्पनीकाे सेयर मूल्य स्थिर रहेको छ । ३७ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको आज १६ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको थियो । त्यस दिन दुई अर्बभन्दा बढीका कारोबार भएको थियो ।

आजको कारोबारमा खप्तड लघुवित्त ८.८१ प्रतिशत र गरीमा डेवेन्चरमा ६.११ प्रतिशतले सेयर मूल्य बढेको छ । १३ उपसूचकहरूमध्ये म्युचुल फन्ड र ट्रेडिङ इन्डेक्समा सामान्य वृद्धि भएको र अरु सबै उपसूचक ओरालो लागेको छ ।