सुनसरी-३ मा गच्छदारलाई पछि पार्दै चौधरीको अग्रता

होमल्याण्ड खबर

२०७९ मंसिर १३ गते, मंगलवार १२:५४ मा प्रकाशित

निर्वाचन भएको साता दिन बितिसक्दा पनि सुनसरी क्षेत्र नं। ३ मा मतगणनाको अन्तिम परिणाम आउन सकेको छैन् ।

जारी मतगणनाको परिणाम अनुसार सो क्षेत्रमा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छिन् । उनले ३६ हजार १३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन् ।

कुल ९२ हजार मत खसेकोमा हालसम्म ८१ हजार मतगणना सकिएको छ। सो क्षेत्रको आज सम्ममा मतगणना सकिने र अन्तिम परिणाम आउने जनाइएको छ ।