राष्ट्रिय सभागृहमा महानगरविरुद्ध सुकुम्वासीको आन्दोलन

होमल्याण्ड खबर

२०७९ मंसिर १४ गते, बुधबार १२:५७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंका सुकुम्वासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् ।

विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार महानगरको नगर प्रहरी टोली थापाथलीस्थित प्रसूति गृह पछाडिको सुकुम्वासी बस्तीमा डोजरसहित पुगेको थियो । नगर प्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन ।

झडपमा ३६ जना नगर प्रहरी घाइते भए । सुकुम्वासीले मङ्गलवार बागदरबारस्थित महानगर कार्यालय घेराउ गरेका थिए । केही सुकुम्वासी माइतीघरमा अनसन बसेका छन् ।