मलेसिया : रक्सी सेवनबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, १४ गम्भीर, तीनजना नेपालीको पुष्टी

होमल्याण्ड खबर

२०७५ आश्विन ३ गते, बुधबार ११:२५ मा प्रकाशित

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १९ जना विदेशी कामदारको मृत्यु भएको त्याहाँको प्रहरीले जनाएको छ।

अस्पतालका डाक्टरका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। १४ जनाको अवस्था गम्भीर रहेको छ । मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएअनुसार अहिलेसम्म ४ जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ।

मलेसियाका लागि नेपाली राजदूत  कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको हो।

त्यस्तै विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउनेमध्ये एक धादिङका विकास घले भएको पुष्टी भएको छ। गंगाजमुना गाउँपालिका वडा नं. ६ बसेरीका २४ वर्षीय घलेको ज्यान गएको भन्ने खबर आएको उनका परिवारले जनाएका छन्। मलेसियाली प्रहरीले रक्सीमा के कस्तो विषाक्त पदार्थ थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।