बाजुरामा मतगणना सुरु गर्नेबारे सर्वदलीय बैठक जारी

होमल्याण्ड खबर

२०७९ मंसिर १५ गते, बिहीबार १३:२९ मा प्रकाशित

अहिले बाजुरामा मतगणना सुरु हुन नसकेपछि सर्वदलीय बैठक बसिरहेको छ । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः बुधबार गर्ने निर्णय गरेपछि सर्वदलीय बैठक बसेको हो।

नेकपा एमालेले चेतन अयडीका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ।

बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर अयडीको मृत्यु भएको थियो।