बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

होमल्याण्ड खबर

२०७९ मंसिर १८ गते, आईतवार १४:०७ मा प्रकाशित

डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त बुढाले एक बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।