४ चैत्र २०८२, बुधबार
चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए ।सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । गठबन्धन गरेर निर्वाचन गएर परिणाम आएसँगै गठबन्धनको संयुक्त बैठक बस्न सकेको थिएन । मंसिर ४ को निर्वाचनमा निर्वाचनमा गठबन्धन गरेर गएका सत्तासीन दलहरूले बहुमत नजिक सिट ल्याए पनि अपेक्षित परिणाम ल्याउन सकेका थिएनन् । तर, सबैभन्दा ठूलो दल कांग्रेस भएको छ । कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।
माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।