काठमाडौं महानगरले लोक सेवाका वैकल्पिक उम्मेदवारलाई जागिर दिने

होमल्याण्ड खबर

२०७९ मंसिर २० गते, मंगलवार ११:२९ मा प्रकाशित

काठमाडौं महनागरपालिकाले लोक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई जागिर दिने भएको छ ।

काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो । महानगरले एक सूचना जारी गर्दै लोक सेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

सिभिल इन्जिनियरदेखि स्टक्चर इन्जिनियरको परीक्षामा वैकल्पिकमा सिफारिस भएका उम्मेदवारहरूले मौका पाउनेछन् ।