प्रभु साह समूह सरकारमा जाने तयारी गर्दै

होमल्याण्ड खबर

२०७९ मंसिर २१ गते, बुधबार १२:२५ मा प्रकाशित

सत्ता गठबन्धनका नेताहरुसंग नेकपा एमाले छोडेर स्वतन्त्र भएका प्रभु साह समूह सरकारमा जान भेटघाट बढाएका छन् । प्रभु समूहबाट प्रतिनिधि सभामा साहसहित किरणकुमार साह र कांग्रेस छोडेका अमरेशकुमार सिंह जोडिएका छन् ।

माओवादीले रौतहट ३ बाट रवीन्द्र पट्टेललाई कारवाही गरेर साहलाई निर्वाचित गराउन भुमिका खेलेको थियो । त्यसैले अधिकांश माओवादी नेताहरु साह माओवादीमा जोडिने बताउँदै आएका छन् । यद्दपी उनी माओवादीमा फर्किने भन्दा आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा लागेका छन् ।

साहले लगातार चार पटक निर्वाचन जितिसकेका छन् । उनले तीन निर्वाचन माओवादीबाट र एक स्वतन्त्रबाट जितेका हुन् । चार पटक सांसद भएका शाह चार पटक नै मन्त्री भइसकेका छन् ।