४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले तत्काल वाम गठबन्धनको सरकार नबन्ने स्पष्ट पारेका छन् । उनले चुनावी नतिजाअनुसार कांग्रेसकै नेतृत्वमा सरकार बन्नसक्ने अवस्था देखिएको सुनाए ।
कांग्रेसमा पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था देखिएको उनको भनाई छ । आज (बिहीबार) प्रेस चौतारीले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।


उनले भने,”राजनीतिक अस्थिरता र आर्थिक संकट एकसाथ देखिनेवाला छ, धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता दिँदैन। अर्कातिर राजश्व घट्दोक्रममा छ, राजनीतिक र आर्थिक संकट एकसाथ जोडिएर देश कठिन अवस्थातिर जान्छ कि भन्ने आशंका छ।”