४ चैत्र २०८२, बुधबार
गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ। ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली कांग्रेस २७ सिटसहित ठूलो दल बनेको छ।
नेकपा एमालेले २२ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो ठूलो दल भएको छ। राप्रपाको २ सिट छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ सांसद छन् भने स्वतन्त्र जितेका राजीव गुरुङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।


गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ। काँग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पुर्याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजीव गुरुङले पनि स्थान पाउने सम्भावना छ। कांग्रेसको २७ र माओवादीको ७ सिट गरी ३४ सिट पुग्छ।