४ चैत्र २०८२, बुधबार
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्दै छ ।
निर्वाचन समीक्षा लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले प्रतिनिधि तथा प्रदेश सभाका समानुपातिक सदस्यको टुंगो पनि लगाउने छ ।


राप्रपाले प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ सिट पाएको छ । यस्तै, सातै प्रदेशमा गरेर प्रदेश सभातर्फ १७ सिट पाएको छ ।