४ चैत्र २०८२, बुधबार
नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको अध्यादेशप्रति विरोध जनाएका छन् ।
सरकारले आइतबार मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय सरकारले गरेको थियो ।


भट्टराईले सरकारले टीकापुर हत्याकाण्डका योजनाकार मानिएका रेशम चौधरीसहित नेता कार्यकर्तालाई रिहाइ गर्ने उद्देश्यले अध्यादेश ल्याउन लागेको हो ।
सोही विषयमा नेता भट्टराईले भने, ‘रेशमको नाम । अफ्ताबको काम । राजनीतिमा अपराधीकरण । अपराधको राजनीतिकरण । देश भाँडमा जाओस कि व्यवस्था बदनाम होस के मतलब । गठबन्धन रहुञ्जेल, यो त कास्टिङ मात्र हो पूरा सिरिज त आउन बाँकी नै छ !’