दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध

होमल्याण्ड खबर

२०७९ मंसिर २७ गते, मंगलवार १०:१४ मा प्रकाशित

औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ । साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो । अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन् ।

दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ ।